
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थ मन्त्री बन्ने भएका छन् । वाग्लेले आजै अर्थमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण लगत्तै डा. वाग्लेसहित अन्य मन्त्रीहरूको शपथ हुने कार्यक्रम रहेको छ । डा. वाग्ले वर्तमान मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहनेछन्।
शपथ ग्रहणपश्चात् उनी आजै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन् ।








प्रतिक्रिया