
काठमाडौं । २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस २०८२ को फागुन २१ मा सम्पन्न निर्वाचनमा निकै कमजोर देखिएको छ ।
विशेष महाधिवेशनबाट शेरबहादुरलाई विस्थापित गर्दै सभापति बनेका गगन थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित हुँदा पार्टीका अन्य पदाधिकारीले पनि हार व्यहोरेका छन् । सभापति थापा रास्वपा उम्मेदवार सिंहसँग १३ हजार बढी मतान्तरले पराजित भए ।
दुई महामन्त्री पनि पराजित
मोरङ–४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरे रास्वपा उम्मेदवार सन्तोष राजवंशीसँग पराजित हुँदा
अर्का महामन्त्री प्रदीप पौडेल काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलसँग हार व्यहोर्न बाध्य भए ।
५ सहमहामन्त्री पनि जोगिएनन्
कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नम्बर–३ बाट रास्वपाका अरविन्द शाहसँग पराजित हुँदा अर्का सहमहामन्त्री ‘डिना’ उपाध्याय मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतमसँग करिब २२ हजार मतान्तरले पराजित भइन् ।
ललितपुर–१ बाट चुनावी भिडन्तमा कांग्रेस सहमहामन्त्री उदय शमशेर राणा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनसँग करिब १० हजार मतान्तरले पराजित भए ।
डोल्पा–१ बाट चुनावी भिडन्तमा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पराजित भएका छन् । उनी नेकपाका बुढासँग पराजित भएका हुन् । उनी प्रतिस्पर्धामा तेस्रो बने ।
दाङ–१ बाट चुनावी मैदानमा रहेका अर्का सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भएका छन् । उनी पनि रास्वपा उम्मेदवार वेदराज पाठकसँग पराजित भए । चौधरी २७ हजार मतान्तरले पारजित भए ।
बझाङ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ एमाले उम्मेदवार ऐनबहादुर महरसँग २२ सय मतान्तरले पराजित भए ।








प्रतिक्रिया