सम्पूर्ण अपडेट

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको सानदार जित

84
Shares

लहान । सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका गुप्ताले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई निकै पछाडि पार्दै सानदार जित हासिल गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गरे । त्यहाँ नेपाली कांग्रेसका रामसुन्दर चौधरीले मात्र ९ हजार ७८४ मत ल्याएका छन् । गुप्ता र चौधरीबीचको मतान्तर ३१ हजार ५३८ रहेको छ ।

नेकपा एमालेका उम्मेदवार राम शंकर यादव ७ हजार ८८६ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।

निर्वाचित गुप्ता यसअघि अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा थिए । उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नकै लागि मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए ।