
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टीका असिम राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गरे । पराजित राईले ९ हजार ४१४ मत पाएका छन् । यस्तै नेकपा एमालेकी उम्मेदवार कल्पना राई ८ हजार २२८ मतका साथ तेस्रो स्थानमा रहिन् ।








प्रतिक्रिया