
डडेल्धुरा । नेपाली कांग्रेसको ‘किल्ला’ मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा रास्वपाले जितेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी ७ हजार १० मतान्तरका साथ निर्वाचित भएका हुन् ।
अन्तिम चुनावी नतिजा अनुसार डा. जोशीले १९ हजार १३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । महरलाई ७ हजार १० मतान्तरले पछि पार्दै डा. जोशीले संसदको यात्रा सुनिश्चित गरेका हुन् ।
यहाँ अन्य दलहरूको अवस्था निकै कमजोर देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह माल ६ हजार ८३४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले ३ हजार ०२६ मत मात्र प्राप्त गरे ।








प्रतिक्रिया