सम्पूर्ण अपडेट

कैलाली–५ मा रास्वपाका आनन्द चन्दको शानदार जित, प्रेम आले तेस्रो

266
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । चन्दले नेपाली कांग्रेसका नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरे । कांग्रेसका शाहले ११ हजार ९५८ मत मात्र ल्याएका छन् । चन्द र शाहबीचको मतान्तर १९ हजार ९९५ रहेको छ।

सोही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले ७ हजार ८७६ मत पाए भने नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) ५ हजार ८३९ भोट ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रोशन शाहीले १ हजार ५९२ मत प्राप्त गरे ।