
काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका आशिष गजुरेलले पुनः अग्रता लिएका छन् । मतगणनाका क्रममा शनिबार बिहानसम्म ४ हजार मतले पछि परेका गजुरेलले १६ सयभन्दा बढीको मतान्तर बनाएका हुन् ।
पछिल्लो विवरण अनुसार गजुरेलले १५ हजार ७५० मत प्राप्त गरेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहालले पछ्याइरहेका छन् । दाहालले हालसम्म १४ हजार १०२ मत प्राप्त गरेका छन् । गजुरेल र दाहालबीचको मतान्तर १ हजार ६४८ रहेको छ ।
गजुरेल यातायात तथा पूर्वाधारविद हुन् ।








प्रतिक्रिया