
काठमाडौं । रामेछापमा प्रतिनिधिसभा सदस्यको मतगणना निकै रोचक बनेको छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता बनाएका छन् ।
यसअघि नेपाली कम्युनिस्ट पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारले अग्रता बनाएका थिए।
रास्वपाका बुढाथोकीले हालसम्म ३ हजार ९१ मत प्राप्त गरेका छन् । उनीभन्दा पछि रहेका नेपाली कम्युनिस्ट पार्टीका श्याम कुमार श्रेष्ठले कडा टक्कर दिइरहेका छन् । श्रेष्ठले ३ हजार ७ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवार बीचको मतान्तर मात्र ८४ रहेको छ ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामचन्द्र खड्का छन् । खड्काले २ हजार ९४७ मत प्राप्त गरेका छन् । शीर्ष स्थानमा रहेका बुढाथोकी र खड्का बीचको अन्तर केवल १४४ रहेको छ । तीनै जना उम्मेदवारबीच मतको अन्तर निकै कम भएकाले जुनसुकै बेला परिणाम फेरबदल हुन सक्ने देखिएको छ ।
यहाँ उज्यालो नेपाल पार्टीका दिप बहादुर योञ्जनले हालसम्म २ हजार २३६ मत ल्याएका छन् । यहाँ एमाले पाँचौँ स्थानमा छ । एमालेका माधव प्रसाद ढुङ्गेल १ हजार ७७६ मत ल्याएका छन् ।








प्रतिक्रिया