
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्रीसमेत रहेका उम्मेदवार विपिन कुमार आचार्यले अग्रता कायम गरेका छन् ।
हालसम्म १७ हजार ५१६ मत गणना हुँदा आचार्यले ८ हजार ७६८ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ३ हजार ५७० मतसहित पछ्याइरहेका छन्। आचार्यले पोखरेलमाथि ५ हजार १९८ मतको अग्रता बनाएका छन्।
यसैगरी नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले २ हजार ५१० मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका निर्मल आचार्यले १ हजार ५८३ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ–२ मा मतगणना कार्य जारी रहेको छ।








प्रतिक्रिया