सम्पूर्ण अपडेट

गुल्मी दुईमा रास्वपाको अग्रता कायमै, एमालेका गोकर्ण दोस्रो

189
Shares

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले अग्रता कायमै राखेका छन्।

मुसिकोट नगरपालिका तथा इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौरको मतगणना सकिँदासम्म पन्थीले ४ हजार ६८६ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टले ४ हजार २४ मत पाएका छन् । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले २ हजार ८६६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ६५३ मत ल्याएका छन्।

हालसम्मको मतपरिणामअनुसार रास्वपाका पन्थीले एमालेका बिष्टमाथि अग्रता कायम राख्दै मतगणना जारी रहेको छ।