सम्पूर्ण अपडेट

मोरङ-४ मा मोदी १० हजार भोटले पछाडि, पहिलो को ?

203
Shares

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदी झन्डै १० हजार मतले पछि परेका छन् ।

यस क्षेत्रबाट उम्मेदवार बनेका मोदीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता लिएका छन् । हालसम्मको मतपरिणामअनुसार राजवंशीले १८ हजार ३० मत प्राप्त गरेका छन् भने मोदीले ८ हजार ६४ मत ल्याएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले ६ हजार ३२८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार तथा पूर्व प्रदेशमन्त्री जीवन घिमिरेले ३ हजार ६९२ मत पाएका छन् ।