
मनाङ । हिमाली जिल्ला मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन् । बिहीबार सम्पन्न को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार गुरूङले २ हजार ४१५ मत प्राप्त गरेका छन् ।
मतगणनाको सम्पूर्ण कार्य सकिए पनि निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
टेकबहादुरका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी यशोदा सुवेदी गुरुङले ४५४ मत मात्र प्राप्त गरिन्।
त्यस्तै, निर्वाचनमा सहभागी मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन् । कुल ७ हजार मतदाता रहेको मनाङमा यसपटक ३ हजार ९२३ मत खसेको थियो, जसमध्ये ४५ मत बदर भएको थियो ।
यस निर्वाचनमा मनाङमा रोचक राजनीतिक समीकरण देखिएको थियो । कांग्रेसका गुरूङलाई नेकपा एमालेले समर्थन गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस क्षेत्रमा उम्मेदवारी दिएको थिएन ।








प्रतिक्रिया