
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार महेश बस्नेत भन्दा राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा)का उमेदवार राजीव खत्री ६ हजार मतान्तरले अगाडि छन् ।
अपरान्ह ४ बजेसम्ममको मतपरिणाम अनुसार महेश बस्नेतले ३ हजार २४ मत पाउँदा रास्वपाका राजीव खत्रीले ९ हजार ३४५ मत पाएका छन ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका कबिर राणाले २ हजार १४९ मत पाएका छन । नेमकिपाका उमेदवार रमेश वैद्यको भने जम्मा २६९ मत मात्रै पाएका छन ।








प्रतिक्रिया