सम्पूर्ण अपडेट

बागमतीमा ‘घण्टी’ को लहर: तीन ठाउँ जित्दा २२ सिटमा अग्रता, कांग्रेस ३ क्षेत्रमा अघि

245
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक नतिजा निकाल्ने संकेत देखिएको छ । पछिल्लो आधिकारिक परिणाम अनुसार रास्वपाले काठमाडौंका दुई महत्वपूर्ण क्षेत्रमा जित हासिल गरिसकेको छ भने अन्य २२ क्षेत्रमा आफ्नो अग्रता कायमै राखेको छ।

१. रास्वपाको जित (निर्वाचित):

ताजा अपडेट अनुसार रास्वपाका तीन उम्मेदवार विजयी भइसकेका छन् ।
काठमाडौं-१: रञ्जु न्यौपाने १५,४५५ मतका साथ विजयी। उनले कांग्रेसका प्रबल थापा क्षेत्रीलाई पराजित गरेकी हुन्।

काठमाडौं-६: शिशिर खनाल २७,११६ मतका साथ विजयी। उनले कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई पराजित गरेका हुन् ।

काठमाडौं-८ मा विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

२. पार्टीगत अग्रताको विवरण:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)- २१ क्षेत्रमा अग्रता:
जित बाहेक रास्वपाले बागमतीका २१ वटा क्षेत्रमा अग्रता लिइरहेको छ। मुख्य क्षेत्रहरू:
काठमाडौं: क्षेत्र नं २, ३, ४, ५, ७, ९, र १० (सबैमा रास्वपाको अग्रता)।
ललितपुर: क्षेत्र नं २ (जगदिश खरेल) र ३ (डा. तोसिमा कार्की )।
भक्तपुर: क्षेत्र नं १,२ (दुबै क्षेत्रमा रास्वपा अगाडि)।

चितवन: क्षेत्र नं १ मा हरि ढकाल, २ मा रवि लामिछाने र ३ मा सोबिता गौतम।

अन्य: मकवानपुर (१ र २), धादिङ-१, नुवाकोट (१ र २), सिन्धुपाल्चोक-१, सिन्धुली-२ र काभ्रे-१ मा पनि रास्वपाको अग्रता छ ।

नेपाली कांग्रेस – ३ क्षेत्रमा अग्रता:
ललितपुर-१: उदय शमशेर जवरा ।
रसुवा-१: मोहन आचार्य ।
सिन्धुपाल्चोक-२: वंशलाल तामाङ ।

नेकपा (माओवादी केन्द्र) – २ क्षेत्रमा अग्रता:
रामेछाप-१: श्याम कुमार श्रेष्ठ ।
काभ्रे-२: दिन नाथ गौतम ।

नेकपा (एमाले) – १ क्षेत्रमा अग्रता:
सिन्धुली-१: प्रदीप कुमार कटुवाल क्षेत्री ।

दोलखा-१ र धादिङ-२ मा भने अझै मतगणना सुरु भएको छैन ।