सम्पूर्ण अपडेट

डडेल्धुरा अपडेट: देउवाको निर्वाचन क्षेत्रमा घण्टीलाई रुखले भेटेन

1.7k
Shares

डडेल्धुरा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डडेल्धुरामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार डा. ताराप्रसाद जोशीको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार हालसम्म ८ हजार ७५९ मत गणना भएको छ । यो मत परशुराम नगरपालिका वडा नम्बर १, २, ५, ७, ८, ९, १० र ११ तथा १२ काे मतगणनाबाट आएको हो ।

गणनाअनुसार डा. ताराप्रसाद जोशीले ३ हजार ४०७ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले २ हजार ३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (तारा) का मानसिंह मालले १ हजार ६४९ मत ल्याएका छन् भने नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ९४७ मत प्राप्त गरेका छन् ।

यसैगरी ४९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा मतगणना जारी रहेको छ ।