
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खनाल निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछाडि पार्दै दोस्रोपल्ट सोही निर्वाचन क्षेत्रबाट सांसद बनेका हुन्।
खनालले कुल २७ हजार ९१६ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न बाँकी छ ।
खनालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ भोट पाए । खनाल र क्षेत्रीबीचको मतान्तर २१ हजार ६४ रहेको छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ५१८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटुवालले १३२१ भोट ल्याए । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमलाल शर्मा (हिमाल शर्मा) ले १२६० मत मात्र पाएका छन् ।








प्रतिक्रिया