
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले २ हजार ९०२ मत प्राप्त गरेका छन् ।
उनीपछि नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा २ हजार ३०१ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अमिर मगरले २ हजार १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार इरानकुमार राईले ६३६ मत प्राप्त गरेका छन् भने डा. देउमान सम्वाहाम्फेले १२३ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया