
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन् ।
यस्तै, क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा रास्वपाका गौरीकुमारीले ६५१ र जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवले २६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।








प्रतिक्रिया