सम्पूर्ण अपडेट

सिन्धुपाल्चोक-१ अपडेट: रास्वपाका भरत पराजुलीले कति पाए भोट ?

210
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रतिनिधि सभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्साहजनक अग्रता लिएको छ ।

रास्वपाका उम्मेदवार भरत पराजुलीले अन्य प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतका साथ अग्रता लिइरहनुभएको छ ।

ताजा मत स्थिति:
१. भरत पराजुली (रास्वपा – घण्टी): २३८५ मत (अग्रता)
२. माधव सापकोटा (तारा चिन्ह): ८४६ मत
३. जगबहादुर तामाङ (नेपाली कांग्रेस – रुख): ५४० मत
४. सरेश नेपाल (नेकपा एमाले (सूर्य): ५०१ मत

हालसम्मको नतिजा अनुसार रास्वपाका भरत पराजुली आफ्ना निकटतम प्रतिस्पर्धी माधव सापकोटाभन्दा अगाडि छन् । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलका उम्मेदवारहरू क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन्।
मतगणना कार्य जारी रहेको छ।