सम्पूर्ण अपडेट

पूर्णबहादुरको निर्वाचन क्षेत्र सुर्खेत १ मा कांग्रेसको अग्रता

287
Shares

काठमाडौं । नेपाली कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत १ मा कांग्रेसले अग्रता बनाएको छ ।

पूर्णबहादुरका भाइ विष्णुबहादुर खड्का ३ हजार ८३० मतका साथ अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ध्रुवकुमार शाहीले २ हजार ७३० मत पाएका छन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार टेकबहादुर सिंहले २५०४ मत पाएका छन्।