
बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायम गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५२८ मत गणना भइसकेको छ । जसमध्ये रास्वपाका हरिमोहन भण्डारीले १७६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर कडा प्रतिस्पर्धा दिइरहेका छन् । भण्डारी र चन्दबीचको मतान्तर मात्र ९ रहेको छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी ९७ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ३९ मत प्राप्त गरेका छन् ।
बैतडीमा आज दिउँसो साढे एक बजेपछि मतगणना कार्य सुरु गरिएको थियो । बिहीबार सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट कुल ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।








प्रतिक्रिया