
काठमाडौं । यो निर्वाचनको सबैभन्दा ‘हट सिट’ झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम बढाउँदै लगेका छन् ।
पौने ४ बजेसम्मको मतगणना अपडेट अनुसार बालेनले ६ हजार ५५१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत पाएका छन् । ओली ५ हजार १२३ मतले पछि परेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवारले २१६ भोट पाउँदा ताराका उम्मेदवारले १६५ मत पाएका छन् । अहिलेसम्म ९४१२ मत गणना भएको छ । कुल १ लाख ६ हजार बढी मत खसेको थियो ।








प्रतिक्रिया