सम्पूर्ण अपडेट

ताप्लेजुङ-१ मा कांग्रेसका गजेन्द्र लिम्बुको अग्रता, एमालेका क्षितिज थेबे तेस्रो

0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले सुरुवाती अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाको ताजा परिमाणअनुसार कांग्रेसका लिम्बुले ५८० मत प्राप्त गरेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खेल प्रसाद बुडाक्षेत्रीले ४४२ मतका साथ पछ्याइरहेका छन् । लिम्बु र बुडाक्षेत्रीबीचको अन्तर १३८ मत रहेको छ।

नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे २९३ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वीरेन्द्र श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् ।