
धनगढी । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डडेलधुरामा मतगणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशीले अग्रता बनाएको छ।
अहिलेसम्मको मतगणनामा जोशीले ४७८ मत पाएका छन् । उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिंह मालले २९१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नैनसिंह महरले २७६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले १५२ मत प्राप्त गरेका छन्।
यो परिणाम अहिलेसम्मको प्रारम्भिक नतिजा हो र अन्तिम मतगणनासँगै परिणाममा केही परिवर्तन आउन सक्छ।








प्रतिक्रिया