
काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नं. १ मा रास्वपाले अग्रता बनाएको छ ।
रास्वपाका राजेश कुमार चौधरी ७०६ मतसहित पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार योगेन्द्र राय यादव ५५७ मत पाएका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले ३१२ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता २८८ मतसहित चौथो स्थानमा छन् भने नेकपाका नेता माधव कुमार नेपालले २२० मत पाएका छन् ।








प्रतिक्रिया