सम्पूर्ण अपडेट

ताप्लेजुङमा मतगणना १ बजेदेखि सुरु

35
Shares

ताप्लेजुङ । जिल्लामा प्रतिनिधि सभा निर्वाचनको मतगणना शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले मतपेटिका सङ्कलन पूरा भएसँगै १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

जिल्लाको हिमाली क्षेत्रका चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत बिहानै ल्याइएका थिए। मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार बिहान करिब ३ बजेसम्ममा चारवटा केन्द्र बाहेक अन्य सबै मतपेटिका गणनाको लागि आइसकेको थियो।