सम्पूर्ण अपडेट

सर्लाही-४ मा अमरेश सिंहको फराकिलो अग्रता, गगन थापा झण्डै १४ सय मतले पछाडि

749
Shares

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले बलियो अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई निकै पछाडि पारेका छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका अमरेश सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले ५३६ मत पाएका छन् । सिंह र थापाबीचको मतान्तर १,३७२ रहेको छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रजनिस राय ३७९ भोट ल्याएका छन् ।