सम्पूर्ण अपडेट

धनकुटा निर्वाचन क्षेत्रमा मतगणना सुरु

49
Shares

धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । जिल्ला मुख्यालयस्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना प्रक्रिया सञ्चालनमा आएको छ ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएका थिए । राति १२ बजेसम्म मतपेटिका सुरक्षित राखिएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले मतगणना बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको थियो ।

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र मतगणना पनि व्यवस्थित रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका १७ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् ।