सम्पूर्ण अपडेट

काभ्रे-२ को मतगणना सुरु, कसले मार्ला बाजी ?

98
Shares

काभ्रे । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ । धुलिखेल नगरपालिका–१, २ र ३ नम्बर वडाको मत एकसाथ गणना थालिएको हो ।

धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा तीन स्थानमा एकैपटक मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

यसैबीच काभ्रे क्षेत्र नम्बर–१ मा भने मध्याह्न १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।