सम्पूर्ण अपडेट

गगनको निर्वाचन क्षेत्रमा कहिले सुरू होला मतगणना ? सर्वदलीय बैठकले गर्‍यो यस्तो निर्णय

763
Shares

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना केहीबेरपछि सुरु हुने भएको छ । सर्वदलीय बैठकले खानापछि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी मैदानमा रहेकाले यो निर्वाचन क्षेत्र चर्चामा छ। यहाँ थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रारम्भिक मतगणनाको रुझान अनुसार १७५ मध्ये ५७ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका हुन् ।

देशभरका ५६ निर्वाचन क्षेत्रबाट प्राप्त प्रारम्भिक परिणामअनुसार, अहिले रास्वपाले ४५ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले ५, एमालेले ४, नेकपाले २ र राप्रपाले एक स्थानमा अग्रता लिइरहेका छन् ।