सम्पूर्ण अपडेट

रौतहट–४ मा रास्वपाका गणेश पौडेलको अग्रता कायम, निकटतम प्रतिस्पर्धी कांग्रेस निकै पछाडि

112
Shares

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३ हजार ६९ मत गणना हुँदा पौडेलले १ हजार ९०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देबप्रसाद तिमल्सिनाले ५३६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारले ३७९ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवारले ६९ मत प्राप्त गरेका छन्। अन्य चिन्हतर्फ हर्नले १५, छाताले १२, मोबाइलले ६ र माटो चिन्हले १ मत पाएका छन्। यसक्रममा ११६ मत बदर भएको जनाइएको छ।

हालसम्म गढीमाई नगरपालिका–९ को इनरवाटोल र धर्मशाला तथा वडा नम्बर १ समनपुरस्थित शंकर गुदर माध्यमिक विद्यालय मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ।

अहिलेसम्मको परिणामअनुसार रास्वपाका पौडेल आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिमल्सिनाभन्दा १ हजार ३७२ मतले अगाडि रहेका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।