
काठमाडौं । बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता बनाएको छ ।
काठमाडौं उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमा एउटा बाहेक सबै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता बनाएको छ ।
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना, २ मा सुनिल केसी ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल, १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्।
त्यस्तै भक्तपुरका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपाले अग्रता बनाएको छ । भक्तपुर १ मा रुकेश रन्जित र २ मा राजीव खत्रीले अग्रता बनाएका हुन् ।
त्यस्तै ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये एउटामा कांग्रेसले अग्रता बनाउँदा २ वटा क्षेत्र रास्वपा अगाडि छ । ललितपुर १ मा उदय शमशेर राणाले सुरुवाती अग्रता बनाउँदा ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता बनाएका छन् ।
त्यस्तै चितवनका तीन निर्वाचन क्षेत्रमा दुईमा रास्वपाले अग्रता बनाउँदा १ क्षेत्रमा भने एमालेले अग्रता बनाएको छ।
चितवन १ मा एमालेका दावा दोर्जे लामाले अग्रता बनाउँदा चितवन २ मा रवि लामिछाने र ३ मा सोविता गौतमको अग्रता छ ।
त्यस्तै धादिङमा एउटा क्षेत्रमा मतगणना जारी छ । धादिङ १ मा रास्वपाकी आशिका तामाङले अग्रता बनाएकी छन्।
१ मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता बनाएका छन् ।
अहिलेसम्म गणना भएको बागमती प्रदेशका निर्वाचन क्षेत्रमध्ये १७ स्थानमा रास्वपाका उम्मेदवारले अग्रता बनाउँदा कांग्रेसले दुईवटा क्षेत्रमा सुरुवाती अग्रता बनाएको छ ।








प्रतिक्रिया