
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता हासिल गरेको छ । रास्वपाका उम्मेदवार सुलभ खरेलले नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई निकै पछाडि पारेका छन् ।
प्राप्त नतिजाअनुसार खरेलले ७ हजार ९५८ मतका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका पौडेलले १ हजार ६५९ मत मात्र प्राप्त गरेका छन् । खरेल र पौडेलबीचको मतान्तर ६ हजार २९९ रहेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ७३४ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डे (विश्वदीप) भने ३१५ मतका साथ चौथो स्थानमा छन् ।








प्रतिक्रिया