अण्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेटको कति पुग्यो ?

0
Shares

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्यमा वृद्धि गरेको छ ।

संघको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको नयाँ बजार मूल्य तोकिएको हो । नयाँ दरअनुसार एक्सएल अण्डा प्रति क्रेट ४९५, ठूलो अण्डा ४७५ र मिडियम अण्डा ४४५ रुपैयाँ कायम गरिएको छ।

यसअघि गत साता एक्सएल अण्डाको मूल्य ४४५, ठूलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ रहेको थियो ।

उत्पादन लागतमा भएको वृद्धि र हाल देशभर भइरहेको चुनावी सरगर्मीका कारण अण्डाको माग बढेकाले मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ ।

मूल्य वृद्धिसँगै किसानहरूले आफ्नो लगानीअनुसारको उचित प्रतिफल पाउने संघको विश्वास छ।