रास्वपाले भन्यो-एमालेको झण्डा जलाएका छैनौं

231
Shares

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमालेको झण्डा जलाइएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । साथै, उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

विहीबार राति दाङको तुलसीपुर बजारमा केही व्यक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिह्न अंकित झण्डा जलाएका थिए ।

घटनापछि एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्तामाथि झण्डा जलाएको आरोप लगाउँदै उक्त कार्यलाई ‘अपरिपक्वताको पराकाष्ठा’ बताएका थिए ।

यता, रास्वपा सभापति रवि लामिछानेले एमालेको आरोप अस्वीकार गरेका छन् । रास्वपा दाङ जिल्ला सभापति विनय घिमिरेले पनि विज्ञप्ति जारी गर्दै पार्टीको संलग्नता नरहेको दोहोर्‍याएका छन् ।

उनले रास्वपाको बढ्दो जनसमर्थनलाई बदनाम गर्न यस्तो निन्दनीय गतिविधि गरिएको दाबी गर्दै पार्टी यस घटनामा कुनै पनि रूपमा संलग्न नभएको स्पष्ट पारेका छन् ।