२ अर्ब लगानीमा रुपन्देहीमा पाँचतारे होटल एमराल्ड प्लेस बन्दै

77
Shares

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरमा पाँचतारे होटल बन्ने भएको छ । एमराल्ड प्लेस प्रालिले रुपन्देहीमा पाँचतारे होटल बनाउने भएको हो ।

कम्पनीले उक्त स्थानमा १ सय ९ वटा कोठाको सुविधाका साथ होटल निर्माण गर्ने जनाएको छ ।

होटलमा ब्याङ्क्वेट, स्वीमिङ पुल, क्यासिनो र स्पाको सुविधा हुने जनाइएको छ । होटल ९६ हजार ६ सय ८६ स्क्वारफिट क्षेत्रफलमा फैलिनेछ ।

कम्पनीकाअनुसार होटलमा २ वटा सभाहल र २ वटा बिजनेस सेन्टर, क्यासिनो, जिमको सुविधा हुने छ । सन् २०२० मा दर्ता भई निर्माण कार्य अगाडि बढाएको कम्पनीले २ अर्ब रुपैयाँ लगानीमा होटल बन्ने अनुमान गरेको छ ।

कम्पनीले लगानीको अनुपात ८०:२० राखेको छ । हालसम्ममा लगानीकर्ताले ५ करोड रुपैयाँ रकमको व्यवस्थापन गरिसकेको छ । जसमा कम्पनीको आर्थिक प्रगति ११ प्रतिशत भएको छ । कम्पनीले होटल निर्माण गरी सन् २०२९ को जुलाईबाट व्यवसायिका कारोबार गर्ने योजना बनाएको रेटिङमा उल्लेख छ ।

कम्पनीकाअनुसार हालसम्ममा कर्जाका लागि प्रक्रिया अगाडि बढाएकोमध्ये १९ करोड रुपैयाँ रकम व्यवस्थापन भइसकेको छ । त्यस्तै, सन् २०२५ को जुलाईसम्ममा २२ करोड ३० लाख रुपैयाँ निर्माणतर्फ खर्च भइसकेको कम्पनीको भनाइ छ । योगेश घिमिरे अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।