पश्चिम नवलपरासीमा विनोद चौधरीलाई प्रलोपा उम्मेदवारको समर्थन

0
Shares

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

सोमबार जारी विज्ञप्तिमार्फत रेग्मीले आफू चुनावी प्रतिस्पर्धाबाट अलग भएको जानकारी दिँदै आगामी फागुन २१ गते हुने आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको बताएका छन् ।

उनले आफ्ना कार्यकर्ता तथा समर्थकलाई रुख चिह्नमा मतदान गर्न आग्रह गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको अभियानलाई निरन्तरता दिन कांग्रेसलाई विजयी गराउन अपिल गरेका छन् ।

‘यस क्षेत्रमा कांग्रेसप्रति स्पष्ट जनसमर्थन देखिएको छ। त्यस जनभावनालाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हुँ,’ रेग्मीले भने ।

२०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः चुनावी मैदानमा छन् ।