केन्टका २९ जना डिलर टी-२० विश्वकप हेर्न मुम्बई प्रस्थान

49
Shares

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड ‘केन्ट मिनरल आरओ’ ले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना २९ जना डिलरहरूलाई मुम्बई पठाएको छ । ती डिलरहरूले मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाउनेछन् ।

डिलरहरूका लागि कम्पनीले ३ रात र ४ दिनको विशेष मुम्बई भ्रमण प्याकेजको व्यवस्था गरेको छ । यस भ्रमण प्याकेज अन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईका तारे होटलमा बसोबास तथा भोजनको पूर्ण व्यवस्था गरिएको छ।

यसका साथै, भ्रमणका क्रममा डिलरहरूलाई मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन (सिटी टुर) गराउनुका साथै वानखेडे स्टेडियममा हुने खेलका लागि विशिष्ट (भिआईपी) टिकटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वकै विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि यो ‘मस्ट ट्रस्टेड ब्रान्ड इन नेपाल’को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार पारिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै आएको छ।

आफ्ना व्यावसायिक साझेदार (डिलर) हरूको योगदानको उच्च कदर गर्दै उनीहरूको उत्साह बढाउन कम्पनीले यस्तो वैदेशिक भ्रमणको आयोजना गरेको कम्पनीले जनाएको छ ।