इरानको तेल निर्यातलाई नियन्त्रण गर्न अमेरिका र इजरायलले बनाए योजना

259
Shares

एजेन्सी । पश्चिम एसियामा अमेरिका र इजरायलले चीनतर्फ भइरहेको इरानको तेल निर्यातलाई सीमित गर्ने योजना बनाइरहेका छन् ।

यो अमेरिकी ऊर्जा प्रभुत्वको क्षेत्रीय संस्करण हो ।

गत साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ह्वाइट हाउसमा भेट गरी क्षेत्रीय सुरक्षा संरचना र इरानी आणविक कार्यक्रम तथा मिसाइल क्षमताप्रति इजरायलको चिन्ताका बारेमा छलफल गरेका छन् ।

अमेरिकाले उच्च जोखिमयुक्त वार्ताहरूमार्फत इरानसँग कूटनीतिक रूपमा नजिकिने प्रयास गरिरहेको छ । यी वार्ताहरू गत साता ओमानमा सम्पन्न भएका थिए र अर्को चरणको वार्ता स्विटजरल्यान्डको जेनेभामा तय गरिएको छ ।

वाशिङटनले क्यारिबियाली सागरबाट दोस्रो विमानवाहक युद्धपोत समूहलाई पर्सियाली खाडी नजिक ल्याएर तेहरानमाथि समानान्तर दबाब कायम राखिरहेको छ । युद्धको धम्की पहिलेभन्दा धेरै विश्वसनीय सुनिए पनि गत साताको शिखर सम्मेलनको रिपोर्टहरूबाट ट्रम्प र नेतन्याहुबीच चीनतर्फको इरानको तेल निर्यातको विषयमा छलफल भएको कुरा बाहिर आएको छ ।

स्पष्ट रूपमा, दुवै नेताहरूले चीनतर्फको तेल निर्यातमा कटौती गर्ने प्रयास गरी इरानमाथि थप दबाब दिने सहमति गरेका छन् । यो रणनीति भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोको पक्राउपछि अमेरिकाले त्यस देशमा लागू गरेको नीतिसँग मिल्दोजुल्दो छ ।

तर, अमेरिकाले यस्तो साहसी योजना कसरी कार्यान्वयन गर्ला वा चीनतर्फ गइरहेका इरानी तेल ट्यांकरहरूलाई रोक्ने अभूतपूर्व प्रयासमा इजरायली सेना संलग्न होला कि नहोला भन्ने कुरा अझै स्पष्ट छैन ।

इरानको तेलमाथि छनोटपूर्ण नाकाबन्दीले निश्चित रूपमा हर्मोज जलसंयोजकमा आउने र जाने ऊर्जा कार्गोहरूमा ठूलो असर पार्नेछ भने त्यसका साथै यस कदमले चीन–इजरायल सम्बन्धमा पनि गम्भीर प्रभाव पार्नेछ । यस समाचारको प्रतिक्रियामा चीनको विदेश मन्त्रालयले दोहो¥याएको छ, ‘अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रहेर देशहरूबीच गरिने सामान्य सहयोग उचित र वैध छ । त्यसको सम्मान र संरक्षण गरिनुपर्छ ।’

भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि चीनसँग इरानको तेल व्यापारलाई सीमित गर्ने कुनै पनि प्रयासलाई बेइजिङले राष्ट्रिय ऊर्जा सुरक्षामाथिको प्रत्यक्ष जोखिमको रूपमा लिनेछ ।

Skip This