
काठमाडौं । डिस मिडिया नेटवर्कले एकै वर्ष ४ अर्ब १८ बढीको व्यापार गरेको छ । सन् २०२५ मा कम्पनीले गरेको व्यापार सन् २०२४ को तुलनामा १९ प्रतिशतले कम हो ।
कम्पनीले सन् २०२४ मा ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ५ अर्ब ११ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा डीटीएच सेग्मेन्टको व्यापार ३६ प्रतिशतले घटेको कारण व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । गत आवमा इन्टरनेट सेवा प्रदायक सर्भिसको सब्स्क्रिप्सनमा कमी आउँदा व्यापारमा कमी आएको जनाएको हो ।
कम्पनीको गत आवमा डीटीएच सेग्मेन्टको व्यापारमा उच्च कमी आएसँगै घाटा व्यहोरेको छ । कम्पनीले गत आवमा ९६ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको छ । सन् २०२४ मा ७ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
सन् २०१० मा स्थापना भएको कम्पनी डाइरेक्ट टु होम सेवा प्रदायक कम्पनी सन् २०१७ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ ।
कम्पनीको देशभर ७४ डिलर, ४ हजार २ सय सबडिलर, १४ सर्भिस सेन्टर, १७ सय सर्भिस फ्रेन्चाइज, १६ हजार ५ सय सेल्सको पोइन्ट, ३३ वटा लोकल केबल अपरेटर र १ सय २५ लोकल केबल अपरेटर फ्रेन्चाइज छ । स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङको २२ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ हजार ६४ करोड ८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ अर्ब ९१ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ७२ रोड ४० लाख रुपैयाँको रेटिङ गराएको हो ।
हेमराज ढकाल अध्यक्ष रहेको कम्पनीले सन् २०२० मा मात्रै डिस होम इन्टरनेट सेवा सार्वजनिक गरेको थियो । कम्नीले प्रभु डिजिटल र सीमटीभी अधिग्रहण गरी डिजिटल टीभी र आइपीटीभीको सेवा सुरु गरेको थियो ।
कम्पनीको देशभ ४ लाख डीटीएच सेग्मेन्टको सब्स्क्राइबर छन् । गत आवमा उक्त सेग्मेन्टको सब्स्क्राइबर १२ प्रतिशतले घटेको उल्लेख छ । तर, आइएसपी सब्स्क्राइबर भने ८ प्रतिशतले बढेको पाएको छ । कम्पनीको हाल ३ लाख ६० हजार आइएसपी सब्स्क्राइर छन् ।
कम्पनीले हाल ५१ वटा एचडी र ५८ वटा सीडी च्यानल गरी १ सय ९ वटा च्यानलको सेवा दिँदै आएको छ । साथै, कम्पनीले ओभर टु टप (ओटीटी) एपमार्फत् ओटीटीको सेवा दिँदै आएको छ । साथै, कम्पनीले एक सय प्रिमियम लिनियर च्यानलको सेवा दिँदै आएको छ ।








प्रतिक्रिया