सरकारले कामै नगरेको भन्ने भाष्य सही छैन, तुलनात्मक रुपमा कम भएको हुनसक्छः अर्थसचिव उपाध्याय


काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले अर्थतन्त्रले पछिल्लो १० वर्षमा जेनजी आन्दोलसँगै पाँच ठूला अर्थतन्त्रको धक्का बेहोरेको बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा उपाध्यायले यस्तो बताएका हुन्।

‘अर्थतन्त्रमा परेको विभिन्न धक्काकाबीचमा पनि नेपालमा बढ्दै गएको ऊर्जा उत्पादनले लोडशेडिङ महसुस नहुने अवस्थामा पुग्न सक्नुलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय भइरहेको सरकार र निजी क्षेत्रको पहललाई अर्थतन्त्रको सकारात्मक पहलको रुपमा बुझ्न सकिन्छ ।’

उनले नेपालमा भएका विभिन्न आर्थिक धक्कालाई सरकारले विभिन्न प्याकेज दिएर र अनुपात्दक खर्च कटौति गरेर अर्थतन्त्र सुधारको काम गर्दै आएको बताए ।

उनले पछिल्लो समय ६ महिनामा चुनाव गराउने र जेनजी आन्दोलपछिको अर्थतन्त्रलाई चलायमान बनाउने कार्यमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सरकारले कामै नगरेको भन्नै भाष्य सही नभएको बताउँदै उनले तुलनात्मक रुपमा कम भएको हुनसक्ने धारणा राखे ।

Skip This