
काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले निजी क्षेत्र तन्दुरुस्त बन्ने मात्रै नभएर अर्थतन्त्रलाई छिटो बलियो बनाउन गइरहेको बताएका छन् ।
क्लिकमान्डुले आइतबार राजधानीमा आयोजना गरेको क्लिकमान्डु सिम्पोजियमलाई सम्बोधन गर्दै चौधरीले निजी क्षेत्र असहजता अप्ठ्यारो अवस्थाबाट उठ्दै गरेको बताए ।
उनले अस्थिरता र भ्रष्टाचार मात्र दैशमा छ भनेर भन्ने नकारात्मक टिप्पणी मात्रै गर्नुभन्दा पनि यसलाई चिर्दै जानुपर्ने पनि बताए । उनले जेनजी आन्दोलनपछि मुख्य रुपमा बेरोजगारी समस्या झनै बढेको र अब यसलाई परिपूर्ति गर्दै जाने पनि बताए ।
‘देशमा बेरोजगारीको कारण आम युवाहरुमा निराशा बढिरहेको अवस्थामा मैले सधैँ नेपालमा अवसर र उद्यमको सम्भावना देखिरहेको छु’, उनले भने ‘देशमा आफूले पहिलो पटक यति धेरै असुरक्षा र त्रास पैदा भएको देखेको स्मरण गर्दै भने हामी उठ्छौ र हामी अवश्य उठ्छौँ ।
उनले भने, ‘यो अस्थिरताको माहोलमा विदेशी लगानीबारे कसले चिन्ता गरिरहेको छ भन्ने पनि प्रश्न उब्जिएको छ,’
चौधरीले भने, ‘पाँच वर्षदेखि नै विस्तारै कमजोर भइरहेको अर्थतन्त्रलाई फेरि उठाउनुपर्ने छ ।’
क्लिकमाण्डुले निजी क्षेत्रकै भावना समावेश गरेर गरेको यो कार्यक्रम ज्यादै सराहनीय रहेको चौधरीले बताए । पछिल्लो समय हरेकपटक पत्रिकाहरुमा हेर्दा राजनीतिक विवाद र असन्तुष्टिबारे पढिरहेको हुन्छु तर मिडियाको प्रथम पृष्ठमा कहिल्यै उद्योग व्यवसायबारेको सकारात्मक समाचार पढ्न नपाइरहेको अवस्थामा निजी क्षेत्रमैत्री यो कार्यक्रम निकै प्रभावकारी भएको पनि उनले बताए ।









प्रतिक्रिया