
गोरखा । प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार रहेका सुधन गुरुङका लागि उनको दलले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) माग गरेको छ ।
गुरुङको सुरक्षा जोखिम बढेको भन्दै रास्वपा गोरखाले पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ ।
गुरुङ केही दिनयता धार्चे र चुमनुब्री क्षेत्रमा घरदैलो कार्यक्रमसहित चुनाव प्रचारमा सक्रिय छन् । प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियार बोकेका केही व्यक्तिहरूबाट गुरुङलाई सुरक्षा थ्रेट बढेको रास्वपा गोरखाले जनाएको छ ।
रास्वपा गोरखाका सचिव मिलन रानाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको माग गरिएको हो ।
यसैबीच, घरदैलो अभियानमा रहेका गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत विभिन्न अफवाह फैलाइएको भन्दै रास्वपा गोरखाले त्यसबारे आवश्यक अनुसन्धान र छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।








प्रतिक्रिया