प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको जनाकारी दिए।

‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय भएको अर्यालले जानकारी दिए ।

रकम कति वृद्धि गर्ने भन्नबारे भने उनले केही खुलाएनन् ।