माधव नेपाल अस्पताल भर्ना


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो ।

चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।

माधव नेपाल रौतहट १ बाट नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।