भारतबाट हुन्छ चुरोटको तस्करी


काठमाडौं । भारतबाट अवैद्य रुपमा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा खुकुरी ब्राण्डको चुरोट बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी देवेन्द्रकुमार मल्लका अनुसार बर्दियाकोको बाँसगढी नगरपालिका १ स्थित नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको सवारी साधनबाट भन्सार छलेर चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा १ लाख ७९ हजार २ सय ५० रुपैयाँबराबरको लेडिज सुट र खुकुरी चुरोट बरामद गरिएको छ ।