
नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक पुगेका समर्थक गाडीबाट खसेका छन् ।
बालेन शाह नेपालगञ्ज आउने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । सो क्रममा समर्थकहरू सवार गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीबाट झर्दा ४–५ जना घाइते भएका छन् । गाडी तिव्र गतिमा नरहेकाले घाइतेहरूलाई सामान्य चोट लागेको जनाइएको छ ।
फागुन २१ को प्रतिनिधि सभामा झापा ५ बाट उम्मेदवार बनेका बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै उनी देशका विभिन्न भागमा पुगिरहेका छन् । यसकैक्रममा चुनावी प्रचार–प्रसारका लागि उनी सोमबार पश्चिम नेपालतर्फ गएका हुन् ।








प्रतिक्रिया