
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताए ।
सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गरे । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उनले बताए ।
‘भन्सार प्रशासन भनेको केबल राजस्व उठाउने निकाय होइन । बोर्डरको नाका सुरक्षा, व्यापारको सहजिकरण, जनस्वास्थ्यको प्रवद्र्धन गर्ने, आपूर्ति श्रृखलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकाय हो । भन्सार सुधार तथा आधुनिकिकरण रणनीति बन्दैछ,’उनले भने, ‘वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा आधुनिकिकरण र रणनीतिमा अलि कम ध्यान दिएको हो की जस्तो देखिन्छ । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्छ ।’
सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।








प्रतिक्रिया