
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको हो ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया