स्वागत नेपाललाई साइबर ब्यूरोले बोलायो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा क्षेत्र नम्बर २ का उम्मेदवार स्वागत नेपाललाई प्रहरीको साइबर ब्यूरोले बोलाएको छ।

सामाजिक सञ्जालमा नेपालले दिएको अभिव्यक्तिबारे बुझ्नु उनलाई बोलाइएको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

नेपाललाई ब्यूरोले बुधबारै बोलाइएको भए पनि बिहीबार अपरान्हसम्म पनि उनी ब्यूरोमा पुगेका छैनन्।